साथी : कथा - K.D'S CaFe साथी : कथा - K.D'S CaFe

728x90 AdSpace

Trending
Sunday, 26 July 2015

साथी : कथा

‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो ।
‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा हु गर्नुपर्छ । घुम्नुपर्छ, यसरी खाइन्छ जिल्लाको जागिर ? पागल बनिन्छ पागल यसरी बस्दा ।’
थप्दै गयो, ‘योजना अधिकृत रे । यस जिल्लाका मानिसले मात्र होइन, पात–पतिङ्गर पहरा, खोलानाला सबैले योजना अधिकृतलाई चिन्नुपर्छ । नत्र केको योजना अधिकृत ?’
हामी दुई टुँडीखेल, अस्पताल हुँदै स्याउलेसम्म पुगेर फर्कियौँ ।
ऊ पनि मजस्तै केही अघि मात्र सरुवा भएर सिन्धुपाल्चोक आएको रहेछ । रुखो बोली भए पनि मन भने कमलो, मिलनसार र सहयोगी । उसको बोलीमा निष्कपट आत्मीयता थियो ।
केही महिनामा नै हामी एक–अर्कासँग छुट्टिन नसक्ने भएछौँ । खाना सँगै, डुल्न सँगै, बिहान जिममा सँगै, शनिबार इन्द्रावती, सुनकोशीको पौडीमा सँगै । बेलुका भने असजिलो, उसलाई रक्सी नधोकी नहुने, नखानेले उसलाई कतिबेर साथ दिनु ? जब रक्सीमा लठिन्छ अनि मुखबाट छुट्छ ‘चिनारी हाम्रो साह्रै पुरानो…’ । होइन यस गीतसँग उसको के नाता छ ?
घरको जेठो छोरो, चार भाइ र एक बहिनीको दाजु, घर सँभाल्ने जिम्मेवारी पनि उसैको । जागिरको बचत, ऋण पनि भाइबहिनीको पढाइमा खर्चिन्थ्यो । भाइबहिनीलाई गतिलो शिक्षा दिएर असल, इलमी र स्वाभिमानी बनाउने ठूलो धोको थियो उसमा । भाइहरूले नपढ्दा गाला रातै हुने गरी चड्काउँथ्यो । तर बहिनीलाई पिट्दैनथ्यो । एक दिन भाइलाई पिट्दा मन थाम्न नसकेर गाली गरेँ, ‘आपूmजत्रै जँुगामुठे भाइलाई पिट्ने ? सम्झाउन सक्तैनौ ?’
हान्ने राँगोजस्तो राता आँखामा मैमाथि खनियो, ‘यिनीहरूको भविष्यका लागि हो । तिमी बढी हुने होइन नि स्वाँगिलो बनेर ।’
एक दिन के कामको सिलसिलामा हो, मन्त्रीको सालो काठमाडौँको पाँडेले मलाई अपशब्द के बोलेथ्यो, उसमाथि जाइलागिहाल्यो, ‘ओ मिष्टर, यो काठमाडौँ होइन, जिल्ला हो । जिल्लामा आएर काठमाडौँको धाक दिने ? योजना अधिकृत मेरो साथी हो । सिधा आँखाले मात्र हेरिस् भने… ।’
आखिर सिडिओ र मैले नै उसमाथि थप जाइलाग्न रोक्नुप¥यो । पाँडे माफी मागेर टाप ठोक्यो । त्यस दिनदेखि राम्ररी थाहा भो साथीलाई साथ दिएर मर्न तयार छ, राम थापा । तर गल्ती गरे मैमाथि जाइलाग्थ्यो । यो उसको इमानदारी र महानता थियो । सबै साथीहरू यस्तै भए साथीको परिभाषा नै कति वास्तविक बन्थ्यो !
कानमा फेरि आवाज गुञ्जियो, ‘चिनारी हाम्रो धेरै पुरानो… ।’
आज सधैँभन्दा अलि गम्भीर छ राम थापा ।
गीतको अन्तरा बीचमा टुङ्ग्याउँदै भन्यो– ‘तिमीसँग सल्लाह लिन आ’को ।’
– ‘भन न, के त्यस्तो प¥यो ? फेरि रक्सी धोक्ने सल्लाह, कि इन्द्रावतीमा पौडी खेल्दै माछा–वियर खाएर रमाइलो गर्ने सल्लाह ?’
– ‘खाली ठट्ठा नगर न ! आमाले पिसिओमा फोन गर्नुभो । विवाहको कुरा रहेछ ।’
– ‘गर न त ! तीस काट्न लाग्यौ । अधिकृत भएकै छौ । गुल्मीका मौजादार पनि हौ ।… कि रक्सी धोक्न पाइँदैन भनेर पिर प¥यो ?’
– ‘होइन, ठट्ठा नगर ! सल्लाह देऊ, सहयोग गर !’
म आपैm अपरिपक्व, मभन्दा जानेबुझेको साथीलाई के सल्लाह दिने होला ? सहयोग के गर्ने ? पैसा मागे त झन् के गर्ने ? जागिरको तलब खान नै ठिक्क, फुटेको कौडी बचत छैन ।
– ‘के सहयोग ? कस्तो सल्लाह ?’
– ‘क्षेत्रीको छोरो, तामझाम बढी नै हुन्छ । नातागोता सबै धनीमानी । अफिसर भएको छु, खेतबारी बेच्न पनि भएन । कसरी विवाह गर्ने ?’
– ‘जसरी पनि टर्छ । तिमीले साथी पोलेर खाएका छौ र ? हामी छौँ । भन, हुनेवाला भाउजू कहाँकी नि ?’
– ‘नेपालगञ्जतिरकी रे ! विए पढ्दै छ रे !’ केटी राम्रै छ, फोटो हेरेँ, आमाले कुरा गरिसक्नु भएछ । छोरा नभएको घरकी कान्छी छोरी, अलि पुलपुलिएकी छ रे ।’
– ‘म के भनूँ ? विवाह तिमीले गर्ने । कुरा छिन्नुअघि एकबार कुराकानी गरौँला नि !… अँ एउटा कुरामा खुसी लागेको छ, अब तिमीले बेलुका गति छाडेर रक्सी धोक्न नपाउने भयौ । अर्को पनि खुसी लागेको छ, अब तिम्रो क्वार्टरमा भाउजूले बनाएको चिया–खाजा खान पाइने भयो । कति करुणा भाउजूले बनाएको मात्र खानु ?’
केही दिनको अन्तरालमा सरुवाका कारण हामीहरू छुट्टियौँ । छुट्टिनुअघि विवाहका विषयमा सवै साथीले गर्ने आर्थिक सहयोग र सापटीको सूची बनायौँ । कामको विभाजन पनि गरियो ।
जागिरका कारण विवाहमा भने सबै साथीहरू जुट्न सकेनौँ । तर क्षेत्रीय विवाह भने जस्तै धुमधामका साथ सम्पन्न भयो रे ।
एक दिन ऊ अलि उदास अनुहारमा मेरो घरमा खाना खाने गरी आयो ।
– ‘किन अँध्यारो मुख नि ? भाउजूबाट झोल खान कन्ट्रोल भो कि क्या थापाकाजी ?’
– ‘खाली ठट्ठा नगर न ! म तिमीसँग सल्लाह लिन आएको ।’
सल्लाह ? कस्तो सल्लाह हो ? फेरि सहयोग मागेमा म के दिऊँ, अब त आफ्नो पनि विवाह भैसक्यो । जेनतेन घर धान्नेबाहेक कर्मचारीको के बचत हुने र !… निमेषमा मनभरि यस्तै कुराहरू खेले ।
– ‘भन न के सल्लाह ?’
– ‘विनू मसँग नबस्ने भई ।’
– ‘किन थापा ? तिमी भाइलाई जस्तै कडा भयौ ? क्षेत्रीको शान भाउजूमाथि पनि खन्यायौ कि क्या हो ?’
– ‘होइन ।…’ ऊ निकै थाके भैmँ निराश र केही बोलूँ–नबोलूँको भावमा थियो ।
– ‘के नराम्रै झगडा भो ?’
– ‘होइन, होइन । सबै ठीक छ । ऊ मलाई असाध्यै माया गर्छे । त्यस्तो केही होइन ।’
– ‘भयो चाहिँ के त सबै ठीक हो भने ? किन निराश मान्दै छौ ? किन बैराग्ये ? कारण त पक्कै होला नि !’
– ‘एक महिना माइती बसेर के आएकी थिई, उसलाई के प्रभाव प¥यो, थाहा भएन । कार नभएकोमा दैनिक गुनासो गर्न थाली । उसका सबै साथीका श्रीमान्सँग कार छन् रे । जहाँ जाँदा पनि उनीहरू कारमै जान्छन् रे । कार नभएकोसँग विवाह भएकोमा सायद कसैले गिल्ला गरे कि कुन्नि ! कार नभै त हुँदै हुन्न मात्र भन्छे । बाल–जिरहजस्तो । म के गरूँ ?’
– ‘भनेनौ, विवाह कारसँग कि मसँग गरेको भनेर ?’
– के भाउजू त्यस्तै बालहठी छिन् ? के विवाह भौतिक वस्तुसँग गरिने विषय हो र ! होइन, यो समाजमा देखासिखीले पनि विकृति ल्याएको छ । कि थापा नै गलत हो ? सबै कुरा त विवाहअघि नै थाहा थियो होला नि ! जे होस्, साथीले दुःख पाउने भयो ।… मनभरि यस्तै कुरा खेलिरह्यो ।
एकछिनको सन्नाटा चिर्दै उसले फेरि भन्न लाग्यो, ‘अब धेरै लामो जान सकिँदैन जस्तो छ । जिन्दगी धेरै लामो छ । कति दिन फकाउनु ? विए पढेकी, सहर–बजारमा हुर्के–बढेकी । खै के गरूँ–गरूँ ! एकमनले आ–आफ्नै बाटोमा बाँडिनु उचित हो कि, त्यो पो सोच्न थालेँ ।’
– ‘किन न त कार !’
– ‘म अस्थायी अफिसर । कार चढ्न सुहाउँछ ? सकिन्छ त्यसो गर्न ? सबै कुरा कार चढ्ने हैसियतमा हुनुप¥यो नि ! अनि पो सुहाउँछ । भन त, म कार चढेर कहाँ जाने ? कहिलेकाहीँ घुम्नलाई अफिसको गाडी छँदै छ । मोटरसाइकल पनि छँदै छ ।’
थाहा भो, केही पछि दुवै आ–आफ्नै बाटोमा बाँडिने गरी पारपाचुके गरेछन् । त्यत्रो खर्च गरेको विवाह वर्षदिन नहँुदै टुटेछ ।…
विचरा राम थापाको सपना ढुङ्गामाथि अचानक बज्रेको शिशाजस्तै टुक्रा–टुक्रामा परिणत भए । पति–पत्नीको सम्बन्ध कति मेकानिकल र ह्वीमीकल भएको होला ? उनीहरू विवाहपछिका रङ्गीन दिनलाई सम्झेर कसरी छुट्टाछुट्टै जीवन यात्रा गर्लान् ? मन साटेर विवाह गरेपछि यसरी बाँडिन सकिन्छ ?
पढालेखा र धनी घरानियासँग सम्बन्ध जोड्ने पुरानो क्षेत्री परम्पराबाट वाक्क राम थापाले केही वर्ष एक्लै जीवन बिताएपछि कसैसँग सल्लाहै नगरी सामान्य परिवार र सामान्य शिक्षा भएकी अर्की भाउजू विवाह गरेछ । यसपटक हामी कसैलाई बोलाउँदा पनि बोलाएन, सुइँकोसम्म दिएन ।
भौतिक रूपमा विनूभाउजूसँग छुट्टिए पनि मन भने सधैँ उनैप्रति भएको गफगाफमा झल्किन्थ्यो । त्यसैले होला, नयाँ भाउजूप्रति ऊ रुखोसुखो प्रस्तुत हुँदो रे‘छ । आँखाभरि आँसु र दगल्चिएको स्वरमा एक दिन भाउजूले भनिन्– ‘बाबू, साथीलाई सम्झाई दिनुप¥यो । हामी केटीले पतिबाट राम्रो माया पाएनौँ भने अरूले जति माया गरे पनि कुनै अर्थ छैन । यति लामो जिन्दगी कसरी बिताउने ?’
हुन पनि हो, पत्नीलाई माया र पतिलाई मान भाग लाग्ने हाम्रो समाजमा पतिबाट माया नपाउने पत्नीहरू जीवनलीला कसरी पूरा गर्न सक्छन् ? के सबै पत्नीहरू कृष्णका राधा भएर बाँच्न सक्छन् ? के विवाहले माया पाउने अधिकार सिर्जना गरेको होइन र !
मैले रामलाई निकै गाली गरेँ, सम्झाएँ । अन्ततः भाउजूलाई माया गर्न थालेछ ।
पढाइ त्यति राम्रो नगरे पनि सबै भाइहरू आ–आफ्नो व्यावसायिक लाइन पक्डेर सम्पन्न भए । तर रामको भने जागिर गयो । अस्थाई जागिरलाई बचाइराख्ने अनुचर शैलीको पनि अभाव थियो उसमा । विनाकाम सहर बस्नुको औचित्य भएन, गाउँमा माओवादीको निकै ठूलो थ्रेट ।
ऊ गुल्मीबाट तराई झ¥यो । त्यहाँ पनि सशस्त्र द्वन्द्वको त्यही सकस । चन्दा, आश्रय, सुराकी सबैबाट आजित । यसै भएन उसै भएन, शरणार्थी बनेर बेलायत पस्यो । धक मारेर श्रम बेच्न सिपालु रामको पसिनाले त्यहाँ राम्रै कमाएको पनि हो । वर्ष–दुई वर्षमा नेपाल आउँथ्यो । मलाई सर्ट र बच्चालाई टोब्लेरो लिएर आउँथ्यो, दिनभरि बेलायतका दुःख साट्थ्यो र फर्कन्थ्यो ।
एकाबिहानै मोवाइलको घण्टी टिनिन बज्यो । राम थापाको रहेछ, ‘आज म दिनभर खाने–बस्ने गरी तिम्रोमा आउँछु ।’
– ‘किन नहुने आऊ ! के खाने, त्यो पनि भन !’
– ‘तिमीसँग दुःखका कुरा गरेर मन हलुका पार्न आउने हो, खाने त बहाना मात्र ।’
– ‘ए मुला, तिमीलाई केको दुःख ? लण्डनमा घरपरिवार, तराईमा मौजा, काठमाडौँमा घर बन्दै गरेको घडेरी । तिमीले पनि दुःखको कुरा गर्ने ? अनि सुखचाहिँ कसलाई छ यस दुनियाँमा ? जागिरमै भएको भए आधापेट खाएर बच्चा पढाउन पथ्र्यो । केको दुःख ? सोचे जसरी होइन, पाए जसरी जीवन जिऊ ! देखेको जीवन होइन लेखेको जीवन भनिन्छ । सन्तोष गर ! जीवन त्यही हो ।’ सम्झाउने र विषयान्तर पार्ने प्रयास गरेँ ।
– ‘फेरि दर्शन छाँट्यो । मलाई पनि आउँछ त्यस्ता कुरा । मैले पनि पढेको छु अलिअलि । मेरो कुरा मलाई थाहा छ कि तिमीलाई ?’
आपूmलाई सबैभन्दा बढी चिन्ने आपैm नै हो । आपूmभित्रका पिर–वेदनाहरू सबै बताउन पनि सकिँदैन, बताउन हुँदैन पनि । आत्मीय साथीलाई बतायो, पिर नै बढाउनु हो, रिस गर्नेहरू खुसी हुन्छन्, किन बताउनु ? तर पीडा नपोखे बढेर जान्छ, पोख्न मानिस पनि पाइँदैन ।
कति आत्मीय छ राम ! चौताराको जागिरे जीवनतर्पm फर्कें ।
– ‘सुन न, श्रमिक भएर कति दिन अरूको देशमा बस्ने ? न समाज छ, न माया र ममत्व । यहाँ पो रूख, पहरा, बाटाहरू सबैले चिन्छन्, सबै आफ्ना लाग्छन् । त्यहाँ त कसैको कसैलाई मतलब छैन । मेशिनले चिन्छ । मेशिन भएर कति दिन घिच्चिने ? घर परिवार पनि सुखका मात्र रहेछन् !’
हो समाज, घर परिवार सबै सुखका साक्षी । माया चाहिनेलाई माया दिन हाम्रो समाजले कहाँ जान्यो र !
– ‘छोड, छोराले कर्म गर्छ । विपत्तिको सामना गर्छ । लाछीहरू दया माग्छन्, कर्म गर्ने परिश्रममा रमाउँछन् । कर्मकै फल मीठो र आडिलो हुन्छ, बुझेकै छौ । त्यत्रो सिर्जना गरेका छौ । केको चिन्ता ?’
बोली र प्रस्तुतिबाट थाहा हुन्थ्यो, उसभित्र असन्तोष र एक्लोपना बढ्दै थियो । बिस्तारै पिउने क्रम पनि बढाएछ । त्यस कारणले पनि होला, घर–परिवार, नाता सम्बन्धीहरूले उसलाई नेग्लेट गर्न थालेछन् । त्यसले झन् कुण्ठा थपेछ । जीवनप्रति मोहभङ्ग बढ्दै गएछ । हामी एकाधबाहेक साथीको पनि सङ्गत छाडेछ ।
एक दिन अपरान्ह फोनको घण्टी टिनिनन… बज्यो, ‘महाराजगञ्जमा रेस्टुराँ खोल्दै छु । भोलि उद्घाटन छ, तिमी सपरिवार खान आउनू !’
लण्डन–काठमाडौँ गर्दै बिस्तारै नेपाल बस्ने योजनाअनुरूप खोलिन लागेको रहेछ रेस्टुराँ । यो देशप्रतिको माया र कर्मप्रतिको समर्पण पनि थियो ।
– ‘ए थापा, भोलि हरिबोधिनी एकादशी । क्यै खान हँुदैन, अर्को कुनै दिन आऊँला, हुन्न र ?’
उसले कसै गरी आउन आग्रह ग¥यो, ‘कसै गरी आउनू, बच्चा पनि लिएर आउनू, अरू मलाई थाहा छैन ।’
यत्तिकैमा फोन काटियो । एसएमएसबाट अर्को दिन आउने सूचना दिएँ । यत्ति रिप्लाइ आयो, ‘हुन्छ त, म के भनूँ ? ’
भेट नभएको दुई वर्ष भयो । दसौँ इमेलको जबाफ पनि र्फिर्कएन । फोन पनि आएन । लाग्यो, रेस्टुराँ उद्घाटनमा नगएकोले रिसाएको होला ।
एक दिन अस्पष्ट समाचार आयो, ‘लण्डनमा परेको गत महिनाको हिउँमा एउटा अधबैँसे मोटो–मोटो कदको व्यक्ति पुरिएको छ । हेर्दा राम थापाजस्तै ।’
धेरै प्रयास गरेँ, यथार्थ थाहा पाउन । लण्डन पढ्दै गरेको भाइलाई बुझ्न भनँे, उसले पनि ‘थप कुरा नसोध्न’ भन्यो । ईश्वरसँग प्रार्थना गरेँ, ‘हिउँमा पुरिएको व्यक्ति राम थापा नहोस् प्रभु !’
तर त्यो उही रहेछ । मनमा बीस वर्षदेखिका चित्रहरू पल्टिए । मनमनै आपैmलाई धिक्कारेँ ‘हरिवोधिनी एकादशीले के फरक पथ्र्यो ? कति दुख सेयर गर्न खोजेथ्यो होला ? त्यो दिन खोजेर फेरि पाउँछु र ! अहिले थकथकी मानेर के गर्नु ?’
फगत अब उसले दिएको हाफसर्ट छ मसँग, र उसैले मनपराएको पुरानो गीतको रिकर्ड ‘चिनारी हाम्रो धेरै पुरानो…।’ अनि सेभ छ उसको मोवाइल नम्बर, मेरो मोवाइलमा ।
                                                                                                                      
साथी : कथा Reviewed by K.D (Kamal Dhital) on July 26, 2015 Rating: 5 ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ ...

No comments: