अनुत्तरित प्रश्नहरु - K.D'S CaFe
Trending
Friday, 10 April 2015

अनुत्तरित प्रश्नहरु

👩‍👩‍👧‍👧 👁‍

मानिसको जिवनमा घट्ने केहि घट्नाहरु यस्ता हुन्छन जस्ले गर्दा उस्को बिचारधारानै खतम हुन सक्दो रहेछ। पहिले म माँयालाई आदर्श थान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। समय सबभन्दा बलियो रहेछ यस्ले मात्र मानिसलाई सपनाबाट बास्तविकतामा ल्याउन सक्ने रहेछ। समयलाई मान्न सबैले पर्ने रहेछ, समय अनुसार सबैले चल्नु पर्ने रहेछ तब मात्र मानिसले सुख पाउने रहेछ। काल्पनिक माँया गर्नेहरुको यथार्थता समयले मात्र बताउन सक्ने रहेछ। जब सम्म समय आउदैन सबैजना आ आफ्नो माँयालाई आदर्श प्रेम भनेर ब्यक्त गर्दा रहेछन तर समयलेमात्र कुन प्रेम आदर्श हो र कुन प्रेम बनावटी भनेर प्रष्ट्याउन
सक्ने रहेछ।
घट्नाको शुरुवात मेरो अफिसबाट भएको थियो। एक दिन म मेरो अफिसको सफाई गर्दै थिए तब उनी मलाई खोज्दै मेरो अफिस आई पुगिन अनि उनले भनिन … रेमिन सर हुनुहुन्छ … तव मलाई मन मनै हाँस उठ्यो तर बाहिर सामान्य हुदै मैले उनलाई उनी आउनाको कारण सोधे तब उनले मेरो साथीको नाम लिईन तब उनलाई कुर्ने अनुरोध गर्दै म अर्को कोठामा गए। उताबाट आफ्नो कपडा फेरेर म उनी सामु पुगे र भने … रेमिन भन्ने म नै हुँ किन चाहियो ? … तब उनी अकमकिईन किन भने एकै छिन अगाडी सम्म म आफ्नो साधारण रुपमा थिए र शायद उनले मलाई मेरो अफिसको साधारण कर्मचारी सम्झेकि थिइन होला। पछि म नै रेमिन भनेर थाँहा पाए पछि देखी नै उनी म बाट प्रभावित हुन शुरु भएकी थिईन।
मेरो काम प्रतिको समर्पणता, मेरो कार्यशैली अनि मेरो ब्यबहारले गर्दा मेरो सबै अफिसहरुमा ठूलो प्रभाव थियो। अफिसहरुमा सबै म देखी खुशी थिए। उनि पनि मेरो अफिसमा आएको केहि दिनमा नै म बाट प्रभाबित हून थालिन। उनी प्रभाबित भएको घट्नालाई मैले एउटा साधारण घट्नाको रुपमा नै लिएँको थिएँ। तर यही घट्नाले मेरो बिचारधारालाईनै परिवर्तन गर्छ भन्ने मलाई के थाहाँ थियो र? पहिले म सपनाको दुनियाँमा घुम्दै हिद्थे तर अहिले बास्तविकतामा पुगेको छुँ।
जसरी म बाट मेरो अफिसका सबै कर्मचारीहरु प्रभाबित थिए त्यस्तै उनी अफिसमा काम गर्न आएको केहि दिनमा नै अफिसका सबै कर्मचारीहरु उनिबाट पनि प्रभाबित हून थाले। म पनि उनको ब्यबहार बाट प्रभाबित हून थाँले। शायद यो नै मेरो पहिलो भुल थियो। म उनी बाट प्रभाबित भएको कूरा अफिसका अन्य कर्मचारीहरुले अर्थपूर्ण रुपले लिन थालेको कुराबाट म अनभिग्य थिएँ। हून पनि म कसैबाट यति छिटो प्रभाबित भएको यो पहिलो अवसर थियो। यसरी म समेत उनीबाट प्रभाबित भएको कूरा अफिसका अन्य कर्मचारीहरुलाई मन परेको थिएन। शायद उनलाई मैले भन्दा मेरो अफिसको साथीहरुले धेरै बुझेका रहेछन्। यस्ले गर्दा अफिसका अन्य कर्मचारीहरु उनीबाट टाढा टाढा हून थाले। यस्ले गर्दा अफिसमा उनी एक्लै परिन र उनी झन म संग नजिकिदै गईन। तब उनले भन्थिन … सर मलाई सबैले घमण्डि भन्छन तर केहि फरक पर्दैन तपाईले साथ दिए पुग्छ।… त्यति बेला मलाई उनले अफिसियल काममा सहयोग मागे झै लाग्थ्यो र मैले पनि उनको एक्लोपन हटाउन उनलाई साथ दिन थाले। तर अहिले लाग्छ मैले उनलाई बुझ्न नसकेकोले गर्दा नै म उ संग नजिकन थालेको रहेछु शायद त्यतिबेलानै मैले उनलाई बुझेको भए म उनी संग त्यती नजिकिने थिएन।
यसरी हामी नजिकीदै गएपछि हाम्रो साथ झन गहिरिदै गयो। त्यसपछी अफिसको कामको सिलसिलामा हामी काठमाण्डौ बाहिर पनि संगै जान थाल्यौ। बाहिर भ्रमणमा जादाँ एकातिर हामीले एक अर्कालाई बुझ्ने मौका पायौं भने अर्को तिर अफिसको घट्नाक्रमहरुमा आ—आफु दोषी भए झै लाग्न थाल्यो। यस्ले गर्दा उ म संग झन झन नजिकन थाल्यो र उस्लाई भ्रमणबाट फर्के पछि म संग छुट्टिन पनि गाह्रो हुन थाल्यो। उस्लाई भ्रमण कहिल्यै नसकियोस जस्तो लाग्थ्यो। भ्रमणको बेला उनले भन्ने गर्थिन … सर मेरो जिन्दगीमा तपाई जस्तो व्यक्ति सरको रुपमा पाउनु मेरो लागी ठुलो भाग्यको कुरा हो। तपाई संग हिड्दा, बोल्दा र सगै बस्दाका क्षणहरु कहिल्यै नसकियोस जस्तो लाग्छ। … त्यतिबेला मैले यस्ता कुराहरु निक्कै साधारण रुपमा लिन्थे किनकी म बिबाहित हुनुका साथ उनी मेरो घर आउने जाने गर्थिन र उनले म, मेरो परिवार अनि मेरा छोरा छोरी सबैलाई चिनेकि थिईन। तर मनमनै उनले मलाई अर्कै भावनाले हेरिरहेकी रहेछिन्। मैले यस्ता कुराहरु साधारण रुपमा लिन थाले पछि उनी झन झन नजिक पुग्न थालिन तब म पनि बिस्तारै उनी संग नजिकिन थालेको आफुलाई समेत थाहै भएन। हामी बिस्तारै यति नजिकिन थाल्यौ कि एक अर्काका हरेक ईच्छा पुरा गर्न आफुले के गर्दैछु भन्ने समेत बिर्सन थाल्यौं। यसरि एक अर्काको लागी हामी खुला किताब हुन थाल्यौ र एक अर्का संग हरेक प्रकारले नजिकिदै जान थाल्यौं।
यसरी एक अर्काको कमजोरी, सामिप्यता तथा अन्य घट्नाक्रमहरुले गर्दा उनी संग अति नजिकिन थालेको मैले महसुसनै गर्न सबिन। यसरी हामी नजिकिएको कुरालाई अफिसका कर्मचारीहरुले सबैतिर चर्चा परिचर्चा गर्न थाले। त्यस्ले गर्दा हाम्रो सम्बन्ध झन झन गहिरिदै गयो। हामी आ—आफ्नो धुनमा भुल्न थाल्यौ, त्यसपछि हामीले आफ्नो अफिसका सहकर्मीहरु तथा आफन्तहरुलाई समेत भुल्न थालेको समेत थाहानै भएन। हामी त हामीमानै सिमित भै सकेका रहेछौं। न त हामीलाई कसैको मतलब नै थियो? न त कसैको कुरा सुन्ने नै फुर्सत थियो?
यसरी नै हामी मस्त संग जिन्दगी बिताई रहेका थियौं। समय कति चाँडो बित्दो रहेछ। नयाँ सालको बैशाख महिनाको कुरा थियो उनलाई उनको घरबाट बोलावट आयो, तर किन मलाई थाहाँ थिएन। उनलाई सबै कुरा थाँहा हुनु पर्छ त्यसैले उनी घर गईन। उनी घर गएको निक्कै दिनसम्म उनको कुनै खबर नआउदा म चिन्तित हुन थाले। अकस्मात एक दिन उनको बिहे पक्का भई सकेको खबर पाँए। त्यस खबरपछि मैले के गर्ने भनेर सोच्न पनि सकिन। त्यो खबर पाएको केहि दिनपछी मलाई मेरो परिवारले उनले फोन गरेर बोलाएको छ भनेर भन्यो। मैले के गर्ने? केहि सोच्न सकिन। तब मैले मेरो अफिसको एउटा स्टाफलाई उस्को गाँउमा बुझ्न पठाएँ, मेरो स्टाफले ले उस्लाई गएर भेटेछ तब उनले भनिन … मलाई एक चोटी बिहे भन्दा अगाडी जसरी भए पनि सर संग भेट्नु छ, सर संग नभेटी म कुनै हालतमा बिहे गर्दिन। तिमीले यो खबर र यो पत्र जति सक्दो चाँडो सर कँहा पुर्याइ दिनु। … जब त्यो खबर र पत्र पाँए तब मलाई उस्को गाँउ जाँउ कि नजाँउ भयो?
पत्रमा उनले लेखेकि थिईन :
म अभागी नै रहेछु, मैले कहिले खुशी पाउन सकिन मेरो यो शरिर अब एयटा जिउदो लास हो म आफै आफु होईन मैले आफ्नोपन गुमाइसके। यो सबै खेल मेरो लागी देखावटी मात्र हो मैले थपना स्वरुप जग्गेमा दुलही बनिदिनु पर्ने अनि अरुकै हो भनेर प्रमाणित गर्नु पर्ने रे। देखाउदैमा मात्र यँहा सबै कुरा प्रमाणित हुन्छ त्यही सत्य तर अदृष्य रुपमा कति कुराहरु पहिले नै भइ सकेको हुन्छ, यस्लाइ कसैले बुझ्दैन। यँहा सबैलाई चासो छ, उत्साह छ, उमगं छ तर कसैलाई कोही बलिदान भइरहेछ भनेर सोच्ने सम्म पनि फुर्सत छैन। मैले मेरो इच्छा कसरी अरुको सामु व्यक्त गर्ने तपाई बिबाहित नभएको भए त म आफै घरमा मेरा भावनाहरु भन्ने थिएँ होला र फेरी तपाई पन्छिनु भएमा मलाई घरमा के सोच्लान। म कसरी खुशी हुन सक्छु र मेरो खुशीलाई कसैले किन बुझ्न सकेन, मलाई थाँहा छ बिस्तारै मेरो मृत्यु नजिक आईरहेछ, जब म त्यो अबस्थामा पुग्छु सबैतिर फेरी चर्चा होला। तब मात्र तपाई यँहा आउनु हुन्छ होला। नत्र एक पटक जसरी भएपनि मेरो बिहे अगाडी मलाई भेट्न आउनु।
कति निश्चल अनि कति एक्लोपना थियो उनको पत्रमा। जति जति पढ्दै गए मन भरी छट्पटी जाग्न थाल्यो आँखाबाट आँसु आउन थाले तब मेरो भाबुकपन अनि म माथी उनको बिश्वासले गर्दा मैले जाने निर्णय नै गर्नु पर्यो। यहि निर्णयले मेरो भबिष्यमा ठुलो प्रभाब पार्छ भनेर मैले सोचेको पनि थिएन।
म उनिकँहा पुग्दा उनको बिहेको कुरा पक्का भई टिका टालो समेत भै सकेको रहेछ। यसरी टिका टालो समेत भै सकेको हुनाले जिन्दगी यस्तै रहेछ भनेर मैले उनलाई सम्झाए र मैले उनलाई जे भएता पनि जिवनभर हामी एक अर्काको अभिन्न मित्र रहिरहने छौ भने। दुःख होस या सुःख हामी एक अर्कालाई सधै सहयोग गर्ने छौ भने। तर उनको त अर्कै बिचार रहेछ? तब उनले मलाई भनिन … सर जिवनमा मलाई कसैको मतलब थिएन, घरको करले गर्दा मैले टिका टालो गरे तर बिहे पछि म काठमाण्डौ आई हाल्छु। … तब मैले उनको कुरा बुझिन अनि भने … किन र अब तिमी फर्कन्छौ? तब उनले आँखाभर आँसु राख्दै भनिन … तपाई संग बिताएका पलहरु अनि तपाई बिनाको संसारको त म कल्पना पनि गर्न सक्दिन तर घरको कारणले बिहे त मजबुरीमा गर्दैछु,। मैले बिहे गर्नासाथ म आजाद हुन्छु। अनि म सबै कुरा त्यागी तपाईकँहा आउने छु। … तब मलाई अचम्म लाग्यो अनि भने … जब तिमी म बिना बाच्न सक्दैनौ तब बिहे गरेर के गर्छ्यौ? एकातिर तिम्रो माइृतमा पिर अर्कातिर त्यो केटा जस्ले तिमीलाई बिहे गर्दैछ उस्को यस्मा के दोष? तब उनले भनिन … मेरो भावनालाई कसैले बुझेन मैले को संग बिबाह गर्दैछु? न त मलाई हर्ष नै छ न त खुशी जति नै चिनेको भएतापनि उ मेरो लागी बिल्कुलै पराई हो मेरो मनमा उ प्रति केही भाव नै टैन तब म कसरी उ संग जिवन बिताउन सक्छु र अनि फेरी म तपाई बिना बाच्न सक्दिन। तपाई र मेरो मिलन पनि सम्भब छैन तर पनि म तपाइृसंग आफ्नो समय बिताउन बिहे गरेको केहि दिनमानै बहाना बनाई काठमाण्डौ आउनेछु। … यस्तो कुराहरु सुनेर मैले के गर्नु पर्छ भनेर सम्म पनि सोच्न सकिन। हरन त मैले उनलाई समाजसंग लड्न कठिन हुने हुनाले आफ्नो निर्णयलाई पुन बिचार गर्न आग्रह गरे। तर उनको निर्णयलाई मैले बदल्न सकिन र मैले भने … त्यसो भए बिहे नै किन गर्नु पर्यो, म संग अहिल्यै हिडे भई हाल्छ नि। … हुन त मैले उनको मनको कुरा बुझ्नमात्र यी कुराहरु व्यक्त गरेको थिएँ। तर उनले भनिन … के तपाई साच्चै सिरियस हुनुहुन्छ? के तपाई साच्चै मलाई साथ दिनु हुन्छ? जब उनको मुखबाट यी शव्दहरु निक्ले उनको अनुहारमा आशा झल्केको थियो, अन्धकारको साम्राज्यमा कतै पर उज्यालो देखे झै, अलि मलिन तर लामो मुस्कान … मलाई के गरु थाहा भएन तर म प्रतिको उनको बिश्वासले गर्दा मैले उनलाई साथ दिनु नै पर्ने निष्कर्षमा पुगे अनि भने … त्यसो भए ठिकै छ आज तिमी घर जाउँ राम्ररी सोच साच्चैनै तिमीलाई लाग्छ कि म बिना बाच्न सक्दैनौ तब भोली म यहि आउछु तब तिमी म संग हिड्नु, तर होईन हामी एक अर्का बिना बाच्न सक्छौ र एक अर्काको परिबारको भावनालाई बुझ्नै पर्ने रहेछ भने तिमी बिहे गरि बस म काठमाण्डौ फर्कन्छु समयको खेल यहि हो भनि चित्त बुझाउने छौ। … उनको निर्णयलाई कदर गर्ने बाचाँ सहित मैले भोलीपल्ट उनलाई लिन आउछु भनेर सम्झाई त्यस दिन घर फिर्ता पठाएँ।
भोलि पल्ट म उनलाई लिन उनको घरमा पुगे तब फेरि एक पल्ट उनलाई सम्झाए तब उनले आफ्नो बिचारमा परिवर्तन गरि नभाग्ने निर्णय गरिन। जिवन यस्तै रहेछ, साँचो माँयाको अन्त यस्तै हूँदो रहेछ भनि चित्त बुझाउदै हामी एक अर्का संग छुट्टीयौं। त्यस पछि त्यस दिन बेलुकिपख म घर फर्कने तयारीमा थिए अकस्मात उन्ले फेरी आफ्नो निर्णयलाई परिवर्तन गर्दै म संगै जिवन बिताउने निर्णय लिएर म बसेको ठाँउमा आई पुगिन र भनिन … बिहान मैले आफ्नो परिबारलाई सम्झे र बिहे गर्ने निर्णय गरे तर दिन भर बिचार गर्दा मलाइ लाग्यो कि जब मलाई पुर्ण बिश्वास छ कि म तपाई बिना बाच्न सक्दिन तर मेरो कसैलाई मतलब छैन, खाली मेरो बिबाह गरी आफ्नो कर्तव्य पुरा गर्ने रहर छ सबैलाई , मेरो मनमा के छ न त कसैले मलाई सोध्यो? जब कसैलाई मेरो मतलब नै छैन भने मैले मात्र अरुको ईच्छा पुरा गर्न आफुलाई बर्बाद गर्ने, यी सब कुरालाई बिचार गरेर यनि म कँहा आई पुगिन। … तब मैले पनि उनलाई साथ दिनु आफ्नो कर्तब्य थानी उनलाई लिएर मैले आफ्नो माँया पाएको सम्झदै बिदेश तिरलागें। बिदेशमा मेरो साथीको ममी बस्नु हुन्थ्यो त्यसैले मैले उनलाई त्यहि लगे। हाम्रो त्यँहा राम्रै स्वागत भयो। मनका पीरहरु बिर्सेर हामी त्यहाँ बस्न थाल्यौं।
बिदेशमा दुई चार दिन बितायपछी उन्ले काठमाण्डौ जान जोड दिन थालिन। उन्को कुरा काट्न नसकी मैले काठमाण्डौ फर्कने निर्णय गर्न बाध्य भएँ। जिवनमा आँधी आउनु रहेछ त्यसैले त्यस दिन हामीले फर्कनको लागी दुईवटा टिकट पाउन सकेनौ। तब मैले उनलाई अर्को दिन मात्र फर्कौ भने तर उनी मानिनन। म काठमाडौ गएर सबै व्यबस्था मिलाउछु भनेर भने उनले त्यो पनि मानिनन उनी मात्र भए पनि त्यसै दिन फर्किन जोड गरिन र मलाई भोली पल्ट फर्कनु भनिन। भोली के हुन गईरहेछ मलाई के थाँहा? म त आफ्नै धुनमा आफ्नो कर्तव्यलाई सम्झदै उनलाई काठमाण्डौमा राख्ने ब्यबस्था मिलाउन थाँले। यसरी उनलाई काठमाण्डौ बस्ने सबै व्यबस्था मिलाएर उनलाई काठमाण्डौ पठाए। राती काठमाण्डौं एरपोर्ट बाट मैले ब्यबस्था गरे अनुसार मेरो साथीले उनलाई लिन एरपोर्ट पुगेछ। त्यँहाबाट मेरो साथीले उनलाइ मैले भने जस्तै गरि कोठामा लगेर राखेछ। तर भोली पल्ट नै उनले म र मेरो मित्रको नाममा पत्र लेखी उनी आफ्नो घरबाट रोजेको केटा संग बिहे गर्न आफ्नै घर फर्किन। मलाई त्यो खबर कसैले दिएन जब म काठमाण्डौ पुगें तब मात्र मलाई उनी घर फर्केको थाँहा भयो।
अनि मैले त्यहाँ उनको अन्तिम पत्र पाँए जस्मा उनले लेखेकि थिईन :
रेमिन
खै के लेखुँ? तिमीलाई आश्चर्य लाग्ला मैले के गर्दैछु भनेर। जब म यँहा आई पुगे र एक्लै भए मनमा अनेकौ कुराहरु खेल्न थाले। मैले आफ्नो घर परिबार अनि तपाईको घर परिबार बारे सोच्दा हामीले ठुलो भुल गरेको झै लाग्यो। तपाईको परिबारसंग पनि फोनमा कुरा गरे उहाँ त महान हुनु हुदो रहेछ। यति ठुलो घट्ना घटे पनि उहाँले मलाई आफ्नै झै व्यबहार गरिन तब मैले सोचे उँहा हाम्रो गल्तिलाई स्विकार गरि यति ठुलो त्याग गर्न सक्नु हुन्छ तर हामी के गर्दै थियौ। म घर फकन्छु भन्दा वहाँले भन्नु भयो … जे हुनु थियो भई हाल्यो , यी सब कुराहरु अगाडी नै सोच्नु पर्थ्यो अब केहि पिर मान्नु पर्दैन म तिमीलाई साथ दिन्छु। कति पबित्रता थियो उहाँको भनाईमा कति आफनोपना थियो उहाँको व्यबहारमा। म यहाँको सौता बन्न आईरहेछर भनेर थाहाँ हुदा हूदै पनि मेरो लागी यति ठुलो त्याग, म नै पागल रहेछु। माँया पाउनु भन्दा माँया त्याग्नुमा माँया अमर हुने रहेछ। त्यसैले तपाई मलाई भुल्ने प्रयास गर्नु म पनि तपाईलाई भुल्ने प्रयाु गर्छु। जिवनमा जे भयो त्यो एउटा डरलाग्दो आँधी थियो मैले प्यार र आवेगलाई सहन सकिन तर यस्ले गर्दा तपाईको परिबार अनि मेरो परिबारमा हुन सक्ने घट्नाहरुलाई हामीले सोच्न सकेनौ त्यसैले म यी सब बाट पन्छिन खोज्दैछु जे हुन्छ भाग्यको खेल हो। सम्झनु म त्यही सम्झना हुँ बिर्सन त कँहा सकिन्छ र हामीले एक अर्कालाई तर सम्झौता त गर्नै पर्ने रहेछ। मलाई माफ गर्नु कि म जादैछु भनेर मैले तपाईलाई दुःख होईन सुख दिन खोज्दैछु भनेर।
बिदा मेरो मित्र, मेरो सर, मेरो आत्मा, मेरो ……………..
जिन्दगीमा अब फेरी भेट नहोला तर मनबाट कहिल्यै निकाल्न सक्दैन भन्ने थाँहा हुदा हुदै जादैछु। तपाईसंग बिताएका यी दिनहरु सम्झेर आफ्नो बाँकी जिन्दगी बिताउने छु।
तपाईकि अभागी
सम्झना
जब मैले यो पत्र पाए उनले के गरिन बुझ्न पनि सकिन। त्यतिबेला मलाई मेरो अस्तित्व गुमेको भान लाग्यो। मैले पनि त उनलाई साथ दिन यति गरेको थिए तर बास्तविकतामा त्यो होईन रहेछ। उनलाई उनी के गर्दै छिन सबै थाहाँ रहेछ। जानुनै थियो त एक अर्काको बिश्वाशलाई साँचेर सल्लाह गर्न सक्थीन। म मात्र बेबकुफ रहेछु कसैलाई साथ दिन खोज्दा आफुनै गिर्नु पर्ने भएछु।
तर अहिले सोच्छु जे भयो ठिकै भयो, त्यस्तो मानिस जस्ले मलाई बुझ्न सकेन उनी गएर के नै फरक पर्छ र? यँहा साँचो माँयालाई बुझ्ने को नै छ र…मैले त उनलाई माँया गरेकै थिएँ उनले पो मलाई छोडेर गयो। त्यस्तो साथी के काम जस्ले मेरो भावनालाई बुझ्न सकेन। मैले त आफुले सके सम्म उनलाई साथ दिन खोजेकै थिएँ तर उनले मेरो साथ पाउन खोजेन। शायद यो मेरो भाग्य हो वा उस्को दुर्भाग्य हो समयले यस्लाई देखाउने छ। त्यस्तो साथी के काम जस्ले मलाई बुझ्न सकेन। त्यस्तो साथी के काम जस्ले मानिसलाई चिन्न सक्दैन?
तर पनि उनी गएदेखी म संग निक्कै अनुत्तरित प्रश्नहरु बाँकी रहेः जब उनलाई घरबाट रोजेको केटा संगै बिहे गर्नु थियो त म संग किन भागिन्? कि उन्लाई दुई चार दिन मात्र म संग किन बिताउनु थियो? के हाम्रो माँयामा बिश्वासको कमी थियो? के हामीमा बालकपना बाँकी थियो? प्रश्मानै सिमित रहेको मेरो यो अधुँरो प्रेम, कथामा नै सिमित भए झै लाग्छ। के म संग रहेका मेरा यी अनुत्तरित प्रश्नहरुको जवाफ मैले कुनै बेला पाउछु कि? याँद नसकिने रहेछ माँया नमेटिने रहेछ। कसैको लागी माँया खेल रहेछ तर मेरो लागी माँया भुल भएछ। शायद जिन्दगीको कुनै मोडमा मैले मेरा यि अनुत्तरित प्रश्नहरुको जवाफ पाउछु कि? प्रतिक्षामा छु प्रतिक्षामा रहिरहनेछु।

अनुत्तरित प्रश्नहरु Reviewed by K.D (Kamal Dhital) on April 10, 2015 Rating: 5 मानिसको जिवनमा घट्ने केहि घट्नाहरु यस्ता हुन्छन जस्ले गर्दा उस्को बिचारधारानै खतम हुन सक्दो रहेछ। पहिले म माँयालाई आदर्श थान्थे तर अ...

No comments:

Views